Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रधानमन्त्रीले भने- दुई/तीन जनाको मात्र कोरोनाले ज्यान गएको हो

    प्रधानमन्त्रीले भने- दुई/तीन जनाको मात्र कोरोनाले ज्यान गएको हो

    अनलाइन नेपाल
  • बिहिबार, ४ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई/तीन जनाको मात्र कोरोना भाइरसका कारण ज्यान गएको बताए। विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्न गएकाे
    प्रधानमन्त्रीकाे भनाइ छ।

    बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु नभएको दाबी गरे। उनले तीमध्ये दुई तीन जनाको मात्र कोरोनाबाट मृत्यु भएको बताए।



    प्रधानमन्त्री ओलीले उपचार विधि र नेपालीहरूको प्रतिरोधात्मक क्षमताका कारण निधन हुनेको संख्या धेरै कम रहेको जिकिर गरे। उनले विश्वको धेरै देशको तुलनमा नेपालमा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको जनाए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार