Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कारागार सुरक्षामा अब नेपाली सेना खटाइदै

    कारागार सुरक्षामा अब नेपाली सेना खटाइदै

    अनलाइन नेपाल
  • बिहिबार, ४ असार २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कारागार सुरक्षामा अब नेपाली सेनालाइ खटाउन थालिएकाे छ। यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिँदै आएको कारागार र ठूला परियोजनाहरूमा नेपाली सेनालाइ खटाउने मन्त्रि परिषद्ले निर्णय गरेकाे हाे। मन्त्रिपरिषद्को निर्णय अनुसार सुरक्षामा हिसाबले अति संवेदनशील मानिएका मुख्य परियोजना र कारागारमा जेठ ३२ गते र असार दुई गते सेना परिचालन गरिएको हो ।

    नेपाली सेनाले ३२ गते पाँच स्थान र असार १ मा २६ स्थानमा सेना परिचालन गरेको हो ।



    नेपाली सेनाका अनुसार झुम्का सुनसरीमा ४६ जना, जिल्ला कारागार मोरङमा २८ जना, अरुण एचपी हाइड्रोपावर शंखुवासभामा २१ जना, जिल्ला कारागार पाँचथरमा २१ जना, जिल्ला कारागार इलाममा १५ जना परिचालन गरिएको छ । त्यस्तै, चन्द्रगढी कारागार झापामा ८ जना, जिल्ला कारागार ताप्लेजुङमा १९ जना, मध्य भोटेकोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा ३५ जना, अपर तामाकोशी हाइड्रोपावरमा ५५ जना, सान्जेन हाइड्रोपावर रसुवामा १५ जना, भिमफेदी कारागार मकवानपुरमा ३७ जना, विरजञ्ज कारागारमा ३८ जना खटाइएको छ । त्यस्तै अन्य जिल्लामा रहेकाे कारागारमा पनि खटेका छन्।



    ती कारागार र आयोजनाहरूमा सेना तैनाथ राखिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । उनका अनुसार सबै कार्यालयहरूमा सेना परिचालन गरिसकिएको छ । ‘सरकारको निर्णय अनुसार हामीले कारागारको सुरक्षार्थ सेना खटाएका छौं,’ उनले भने, ‘यसअघि मन्त्री परिषद्को निर्णयले महत्वपूर्ण प्रतिष्ठान, आयोजना र कारागारकोे सुरक्षार्थ सेना परिचालन गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार ससस्त्र प्रहरी र नेपाल प्रहरी फिर्ता बोलाइएपछि सो क्षेत्रको सुरक्षा जिम्मेवारी सेनाले सम्हालेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार