काठमाडौं । चीनका राष्ट्रपति सी जिन पिङविरुद्ध कोरोना भाइरस (कोभिड–१९) फैलाएको आरोपमा भारतको एक अदालतमा दर्ता भएको मुद्दाको सुनुवाई आज हुँदैछ ।
चीनबाट फैलिएको कोरोना भाइरसका कारण पछिल्लो दिनमा संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएको भारत बिहारका कानून व्यवसायी सुधीर कुमार ओझ जुन ९ मा मुद्दा दर्ता गरेका थिए ।
उनले बिहारको बेतियास्थित सिजेएम अदालतमा चीनका राष्ट्रपति सि जिन पिङ र विश्व स्वास्थ्य संगठनका प्रमुखलगायत अन्य केही व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेका थिए ।
उक्त मुद्दामा उनीहरुविरुद्ध सबै मिलेर पूरा विश्वमा कोरोना जस्तो विश्वव्यापी महामारी फैलाएको आरोप लगाइएको छ ।
मुराद अलीले साक्षीका रुपमा विद्युतीय सञ्चारमाध्यममा प्रकाशित समाचार र अन्य कैयौं कागजातहरुलाई आधार बनाएका छन् ।
उनले मुद्दा दर्ता गर्दा साक्षीका रुपमा भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम दिएका छन् ।
यस मुद्दामा अभियुक्तहरुलाई आईपीसीको धारा २६९, २७०, २७१, ३०२, ३०७, ५०४ र १२० बी लाई आधार बनाइएको छ । एजेन्सी
Leave a Reply