Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुग्यो, आत्महत्या गरेका २ संक्रमितलाई मान्ने कि नमान्ने ?

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुग्यो, आत्महत्या गरेका २ संक्रमितलाई मान्ने कि नमान्ने ?

    अनलाइन नेपाल
  • बुधबार, ३ असार २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । आज (बुधबार) कैलाली गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका–२ की ४३ बर्षीया महिलाको मृत्यु भएको हो ।

    सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित गोदावरीका ४६ बर्षीय पुरुष को मृत्यु भएको हो । शनिबार उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उपचारका क्रममा आज उनको मृत्यु भएको प्रादेशिक स्वस्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले जानकारी गराएका छन् ।



    त्यसैगरी टाउकोमा लागेको चोटको उपचार गर्न आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएकी लम्की चुहा की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।



    सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो । उनको मंगलबार साढे ११ बजेतिर उनको निधन भयो । तर, उनको रिपोर्ट भने बुधबार साँझ मात्र आएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

    आत्महत्या गरेका दुई जनामा कोरोना पुष्टि, कोरोनाका कारण मृत्यु भएको मान्ने कि नमान्ने ?

    आत्महत्या गरेका अर्घाखाँचीको शितगंगा नगरपालिका–५ का देबबहादुर विक र सिम्ता गाउँपालिका–८ सुर्खेतकि २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    क्वारेन्टिनमा रहेका विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । विकको जेठ २४ गते आरडीटी पोजेटिभ आएपछि २५ गते पीसीआर परीक्षणका लागि स्वाबको नमुना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

    ११ दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी भारतको पञ्जाबबाट आएका थिए । भारतबाट आएर क्वारेन्टिनमा बसेको २५ दिन भइसकेको थियो ।

    त्यस्तै घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका–८ सुर्खेतकी कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो ।

    भारतबाट फर्केर क्वारेन्टिनमा बसेको र आरडीटीको नतिजा नेगेटिभ आएपछि घर फर्केकी उनले १ गते झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार