Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सरकारले प्रतिक्वीन्टल २०४ रुपैयाँ बढायो धानको मूल्य

    सरकारले प्रतिक्वीन्टल २०४ रुपैयाँ बढायो धानको मूल्य

    अनलाइन नेपाल
  • बुधबार, ३ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । चालु आर्थिक वर्षमा प्रतिक्विन्टल २५ सय ३१ रुपैयाँ २२ पैसा रहेको मोटा धानको मूल्य आगामी आर्थिक वर्षका लागि २७ सय ३५ तोकिएको छ ।

    तर मध्यम धानको मूल्य भने १२ रुपैयाँले बढाएको छ । चालु आर्थिक वर्षमा प्रतिक्विन्टल २६ सय ७३ रुपैयाँ १६ पैसा रहेको मध्यम धानको मूल्य २८ सय ८५ रुपैयाँ तोकिएको छ ।



    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रोपाई शुरु हुनु अघि नै धानको मूल्य तोकेको हो । यद्यपी अहिले चैते धान भने भित्र्याउने समय हो । तर, नेपालमा चैते धान खेती कमै मात्रामा हुने गर्छ ।



    कृषि मन्त्री घनश्याम भुसालले ‘सुनिश्चित बचत, संरक्षित कृषि’ भन्ने नीतिअन्तर्गत मन्त्रालयका प्राविधिकले निकालेको धान उत्पादनको लागतमा किसानले घरबाट बजारसम्म ढुवानी गर्न लाग्ने खर्च १० प्रतिशत र बाँकी २० प्रतिशत मुनाफा सुनिश्चित गरेर मूल्य सिफारिस गरिएको दावी गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार