काठमाडौं। कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्रका आईजीपी शैलेन्द्र खनाल त्यसतर्फ प्रस्थान गरेका छन् ।
सीमा सुरक्षाका लागि बीओपी र दार्चुला–तिंकर सडक निर्माण सुरक्षार्थ सेनाको अस्थायी बेस स्थापना गरिएकोमा दुबै ठाउँको निरिक्षणका लागि उनीहरु कालापानी गएका हुन ।
दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो ।
प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल काठमाडौंबाट धनगढीसम्म चार्टर विमान र धनगढीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दार्चुलाको छाङरु प्रस्थान गरेका हुन् ।
भारतले अतिक्रमण गरेको क्षेत्रसहित दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रमा समेत सेनाको टोली खटाउनेबारे छलफल भइरहेको छ ।
Leave a Reply