काठमाडौं। बाँकेमा कोरोना भाइरस संक्रमित ४६ बर्षीया महिलको मृत्यु भएको छ । उनको कोरोनाका कारण मत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले मृतक महिला बैजनाथ गाउँपालिका- ६ की भएकाे जानकारी दिए । निधन भएकी महिलाको हिजो मंगलबार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यद्दपि उनको मृत्युको आधिकारिक पुष्टि स्वास्थ्य मन्त्रालयले गर्न भने बाँकी छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारत उनको सोमबार साँझ साढे ६ बजेतिर निधन हो । उनी ३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन् ।
Leave a Reply