Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • कोरोना अपडेट : विश्वभर ४ लाख ४५ हजारभन्दा बढीको मृत्यु

    कोरोना अपडेट : विश्वभर ४ लाख ४५ हजारभन्दा बढीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३ असार २०७७
  • 2K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ४५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

    कोरोनाले विश्वभर पछिल्लो २४ घण्टामा ६ हजार ५९२ जनाको मृत्यु भएको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ८३ हजार ९६७ जनाको मृत्यु भएको छ ।



    २२ लाख ३५ हजार २१२ जना संक्रमित भएकोमा ११ लाख ८९ हजार ४५१ जना संक्रमणमुक्त भएका छन् ।



    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४७ हजार १३४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ३९ हजार ६०२ पुगेको छ । त्यसमध्ये ११ लाख १४ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरुमा ४३ हजार ६६० जनाको मृत्यु भएको छ । १६ लाख ९१ हजार ४४९ जना संक्रमित भएकोमा १० लाख ६० हजार २१० जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा ६३ हजार २६२ जनाको मृत्यु भएको छ । १५ लाख १३ हजार ६८८ जना संक्रमित भएकोमा ८ लाख ६ हजार ९७९ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरुमा ७ हजार २६ जनाको ज्यान गएको छ भने २ लाख ६१ हजार ५८१ संक्रमित छन् । संक्रमितमध्ये १ लाख २० हजार ९४९ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९६० जना संक्रमित भएकोमा ८ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् ।

    बुधबार बिहानसम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ९३७ पुगेको छ ।

    त्यस्तै एकै दिन १ लाख ४२ हजार ५४६ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८२ लाख ५६ हजार २५७ पुगेको छ ।

    संक्रमित ३५ लाख ४ हजार ७०५ जनाको उपचार भइरहेको छ भने ४३ लाख ६ हजार ८९ जना उपचारपछि निको भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार