Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • घुस लेनदेन गर्दागर्दै मालपोतका अधिकृतसहित ५ जना पक्राउ

    घुस लेनदेन गर्दागर्दै मालपोतका अधिकृतसहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं ।  मालपोत कार्यालय डिल्लीबजारमा ८ लाख रुपैयाँ घुस लेनदेन गर्दागर्दै प्रशासकीय अधिकृत रघु कँडेलसहित ५ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुससहित मंगलबार राति पक्राउ गरेको हो ।

    गोंगबुको ३ रोपनी जग्गा कित्ताकाटका लागि प्रतिआना २ लाखका दरले घुस मागेका थिए । सेवाग्राहीले अख्तियारसँग सम्पर्क गरी ८ लाख २० हजार घुस दिएपछि कँडेलसहित ५ जना पक्राउ परेका छन् । घुससहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डिल्लीबजार मालपोत कार्यालयका प्रमुख गोविन्द अधिकारीको फितलो प्रशासनका कारण त्यो कार्यालय नै अस्तब्यस्त छ ।



    भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अधिकारी जस्ता कार्यालय संचालन नै गर्ननसक्ने उपसचिवलाई डिल्लीबजार जस्तो संवेदनशील मालपोत कार्यालयको प्रमुखका रुपमा पठाउँदा त्यो कार्यालय पटक पटक विवादमा पर्दैआएको छ ।



    भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले कार्यभार सम्हाल्नासाथ यो घुस प्रकरणले उनलाई पनि चुनौती थपेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार