Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारत जान लागेकी सांसद सरिता गिरीलाई सीमाबाटै फर्काइयो

    भारत जान लागेकी सांसद सरिता गिरीलाई सीमाबाटै फर्काइयो

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 3K
    SHARES

    काठमाडौं । लकडाउनका बेला भारत(माइती) जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सिमाबाट फार्काइएको छ ।

    सांसद गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका हुन् ।



    उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् ।



    संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी काठमाडौंबाट गृहजिल्ला सिराहामा पुगेकी थिइन् ।

    लकडाउनका बेला भारत जान लागेकी गिरीलाई नेपालतर्फका सुरक्षाकर्मीले जान मिल्दैन भनेको थियो भने भारतको सीमा सुरक्षा बल एसएसबीले पनि प्रवेश दिन मिल्दैन भनेपछि फर्काइएको स्रोतको दावी छ ।

    सांसद गिरीको माइती बिहार हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार