Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सिमामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास

    सिमामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 5.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल–भारत सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको छ ।

    भारतीय तस्करको समूहले सोमबार राती झापा गाउँपालिका–१, लसुनास्थित नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेका हुन् ।



    सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेडक्वार्टर झापाका एसपी रेशमकुमार थक्सुले तस्करहरुले आक्रमणको प्रयास गरेको जानकारी दिए ।



    अवैध रुपमा सामान छिराउने क्रममा सीमाका सुरक्षाकर्मीले रोक्न खोज्दा भारतीय तस्कर नेपाली सुरक्षाकर्मीमाथि जाईलागेका हुन् ।

    प्रहरीले उक्त नाकावाट छिराइएको ठूलो परिमाणको मोटरपार्ट्स र सुर्तीजन्य बस्तु बरामद गरिएको छ ।

    लकडाउन खुकुलो बन्दै गएपछि तस्करहरु सल्बलाउन थालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार