Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बहुपति राख्न पाउनु पर्ने महिलाको माग

    बहुपति राख्न पाउनु पर्ने महिलाको माग

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 3.3K
    SHARES

    वेइजिंग । चीनमा अविवाहित पुरुषको संख्यामा भइरहेको बृद्धीले संकटको रुप लिइरहेको छ । लैंगिक असमानताका कारण चीनमा स्थिति खराब बन्दै गइरहेको छ । सन् २०५० सम्ममा ३ करोड पुरुष अविवाहित रहने अनुमान गरिएको छ ।

    दशकौंसम्म लागु भएको एक सन्तान नीतिका कारण जनसंख्यामा आएको असन्तुलनले निम्त्याएको यस संकटको समाधानका लागि त्यहाँका केही बुद्धिजीवीहरुले चिनियाँ महिलाले दुई पुरुषसँग विवाह गर्न दिनु पर्ने वकालत गरेका छन् ।



    फुदान युनिभर्सिटीका अर्थशास्त्र प्रोफेसर यु क्वांगले कसरी खुसी हुने शीर्षकको आफनो एक लेखमा चीनले महिलालाई बहुपति राख्न दिनु पर्ने तर्क अगाडि सारेका छन् ।



    चिनियाँ अर्थशास्त्री यी क्वांगले महिलालाई केही समयका लागि दुई वा त्यो भन्दा बढी पति राख्न पाउने अधिकार दिनुले यो सामाजिक समस्याको समाधान हुन सक्ने बताएका छन् ।

    आफनो सुझाव मानिएमा देशमा बढिरहेको अविवाहितहरुले पत्नी र खुसी प्राप्त हुने उनले बताए । बढ्दो प्रतिस्पर्धाका कारण अविवाहित दुलहाका लागि आगामी समयमा योग्य दुलही खोज्न अत्यन्त कठिन काम हुने यी क्वांगले बताए ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार