Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कोरोना भाइरस: विश्वभर ४ लाख ३८ हजार बढीको मृत्यु, ८१ लाखभन्दा बढी संक्रमित

    कोरोना भाइरस: विश्वभर ४ लाख ३८ हजार बढीको मृत्यु, ८१ लाखभन्दा बढी संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 3K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ८३ हजार २१५ जनाको मृत्यु भएको छ ।



    २२ लाख २० हजार ९० जना संक्रमित भएकोमा ११ लाख ७४ हजार ९०७ जना संक्रमणमुक्त भएका छन् ।



    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४५ हजार ७३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ७ हजार ९१४ पुगेको छ । त्यसमध्ये १० लाख ८८ हजार १०४ जना संक्रमणमुक्त भएका छन्।

    यस्तै एसियाली मुलुकहरुमा ४१ हजार १५८ जनाको मृत्यु भएको छ । १६ लाख ५४ हजार ११९ जना संक्रमित भएकोमा १० लाख १८ हजार १९९ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा ६१ हजार ५४० जनाको मृत्यु भएको छ । १४ लाख ६२ हजार ५४६ जना संक्रमित भएकोमा ७ लाख ८१ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरुमा ६ हजार ७९३ जनाको ज्यान गएको छ भने २ लाख ५४ हजार २१४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख १६ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९४६ जना संक्रमित भएकोमा ८ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् ।

    मंगलबार बिहासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३८ हजार ५८१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार ४०३ जनाको मृत्यु भएको छ । एकै दिन १ लाख २४ हजार ५८१ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८१ लाख ८ हजार ६४८ पुगेको छ ।

    संक्रमित ३४ लाख ८१ हजार ७५३ जनाको उपचार भइरहेको छ भने ४१ लाख ८८ हजार २१६ जना उपचारपछि निको भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार