Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सरिता गिरीको सांसद पद निलम्बन हुने!

    सरिता गिरीको सांसद पद निलम्बन हुने!

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुवै पदबाट हटाउने तयारी गरेकाे छ। नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लङ्घ‍न गरेका कारण हटाउन तयारी भइरहेकाे समाजवादी पार्टीका एक नेताले नाम नखुलाउने शर्तमा बताए।

    उनका अनुसार सांसद गिरीले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकाेले कारवाही स्वरूप सांसस पदबाट हटाउने तयारी भइरहेकाे छ। ‘उहाँलाइ पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो,’ ती नेताले भने, ‘उहाँले पार्टीको ह्विप मान्नुभएन, त्यसैले स्वतः कारवाहीमा पर्नुहुन्छ ।’



    पार्टी नेताहरू उपेन्द्र यादव विराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्बनको जानकरी संसदलाई गराइने स्रोतले बतायो ।



    संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्बन हुने प्रावधान छ।समाज वादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिक तर्फकी सांसद हुन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार