Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पशुपति परिसरमा सरसफाई सुविधा निर्माण गर्न भारतद्वारा ३ करोड बढी आर्थिक सहयोग

    पशुपति परिसरमा सरसफाई सुविधा निर्माण गर्न भारतद्वारा ३ करोड बढी आर्थिक सहयोग

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 6.9K
    SHARES

    काठमाडौं । भारत सरकारले पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माण गर्न तीन करोड ७२ लाख ३० हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

    उक्त सहयाेगकाे लागि सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माणका लागि भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।



    भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी वा पहिले एसडिपीज) को रुपमा यस परियोजनालाई नेपाल–भारत मैत्री विकास साझेदारीअन्तर्गत अनुदान दिइने काठमाडौंस्थित दूतावासले विज्ञप्तिमार्फत् जनाएको छ ।



    दूतावासका अनुसार यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोष (पिएडिटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो । पशुपतिनाथ मन्दिरमा पाल्नु हुने तीर्थयात्री तथा पर्यटकका लागि सरसफाई सुविधा निर्माण गर्न यस परियोजना अन्तर्गत भारतले नेरु. ३.७२३ करोड आर्थिक सहयोग प्रदान गरेको हो ।

    यो परियोजनाको कार्यान्वयन काठमाडौं महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप गर्नेछ । सहमति अनुसार १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नका लागि महानगरपालिकाले टेन्डर प्रक्रियामार्फत उपयुक्त ठेकेदारको पहिचान गर्नेछ ।

    काठमाडौंमा अवस्थित पशुपतिनाथ मन्दिर नेपालको सबैभन्दा ठूलो मन्दिर परिसर हो र बागमती नदीको दुवैतिर फैलिएको छ जहाँ हरेक दिन हजारौंको संख्यामा भक्तजनहरु आउँछन् ।

    सन् २०१४ अगस्ट महिनामा दुवै सरकारले सहमति गरेको सरसफाई परियोजनाले पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक सुविधाहरुको स्तरोन्नतिका लागि नेपाल सरकारको प्रयासलाई सार्थक बनाउने दूतावासले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार