काठमाडौं । काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतम अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गाैतमका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ललितपुरको १ जना महिला र काठमाडौंका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप १ जना पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए । योसँगै काठमाडौंमा संक्रमित हुनेको संख्या ३४ पुगेको छ भने ललितपुरमा ४ पुगेको छ ।
Leave a Reply