तनहुँ । घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा हालसम्म कोरोना संक्रमितहरुको संख्या ९ पुगेको छ ।
यसअघि जिल्लाको घिरिङ गाँउपालिकाका १९ वर्षीय एक युवकलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको थियोे ।जिल्लाको दक्षिणी बेल्ट ऋषिङ निवासी २८ वर्षीय एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियोे भने सोही गाँउपालिकाका थप दईजनामा कोरोनाको संक्रमण पुष्टि गरिएको थियोे ।
संक्रमित पुरुषलाई जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित जिपि स्वासप्रस्वास केन्द्र बेलचौताराको आइसोलेशन कक्षमा उपचारका लागि लगिएको छ ।
Leave a Reply