Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • देश आर्थिक संकटमा : सेनामा ३ रथी थपिँदै

    देश आर्थिक संकटमा : सेनामा ३ रथी थपिँदै

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 4.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली सेनाले छिट्टै थप ३ रथीको दरबन्दी प्राप्त गर्ने भएको छ । ३ रथीको दरबन्दी नेपाल सरकारले थपेमा ५ जना रथी हुने छन् । रथीको दरबन्दी थप्नका लागि महारथी प्रधानसेनापति पूर्णचन्द्र थापाले रथी प्रभुराम शर्माको टीम बनाएर गृह कार्य गर्ने जिम्मेवारी दिएको स्रोत बताउछ ।

    नेपाली सेनामा हाल लगभग एक लाख दरबन्दी रहेकाले केन्द्रबाटै क्षेत्रीय रुपमा हेर्ने गरी थप तीन दरबन्दीका लागि होम वर्क भइरहेको स्रोत बताउछ । नेपाल प्रहरी फोर्समा ७९ हजार पाँचसय २३ दरबन्दीका लागि अस्पतालमा समेत गरेर चार जना एआइजी रहेको र सशस्त्र प्रहरी फोर्सको दरबन्दी ३७ हजार रहेकोमा २ जना एआइजीको दरबन्दी रहेको छ ।



    लगभग एकलाखको दरबन्दी रहेको नेपाली सेनामा पनि रथीको दरबन्दी बढाउन लामो समयदेखिनै सरकारमा दवाव पर्दै आएको थियो । तर विगतका सरकारले दरबन्दी थपको मागलाई स्वीकारेको थिएन । यो पटक भने सरकारले एकै पटक तीन जना रथीको दरबन्दी थप्ने संकेत गरेको सैनिक स्रोत बताउछ ।



    सरकारले अनावश्यक रुपमा रथीको दरबन्दी थपेर कोरोना भाइरस पीडित देशमा अर्को करोडौंको आर्थिक भार थप्ने भएको छ । तीन जना रथीको दरबन्दी थपिनासाथ रिक्त स्थानमा उपरथीको दरबन्दी थपिने कि नथपिने भन्ने प्रश्न पनि उठेको छ ।

    तीनजना रथीको दरबन्दी सरकारले तत्कालै थपेमा उपरथीहरु राजेन्द्र कार्की डीएमओ, शशीवहादुर सिंह राष्ट्रिय सुरक्षा परिषद् र झंकर कठायत डीजीएमआइको भाग्योदय हुनेछ । उपरथी राजेन्द्र कार्की २०७७ असोज, शशीवहादुुर सिंह २०७७ फागुन र झंकर कठायत २०७७ साउनमा अवकास हुने लाइनमा रहेका छन् ।

    रथीको दरबन्दी तत्काल स्वीकृत नभएर ढिला हुन गएमा उपरथीहरु रघु भण्डारी, बालकृष्ण कार्की, सरोज प्रताप राणा र अनन्त कार्कीहरुको भाग्योदय हुन पनि सक्छ । तर स्रोत भन्छ, सेनामा रथीको दरबन्दी तत्कालै थप्नेगरी गृहकार्य भइरहेको छ । ( साँघु साप्ताहिकबाट)

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार