Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • लकडाउन खुकुलो हुँदै जाँदा कोरोनाको जोखिम बढ्दै

    लकडाउन खुकुलो हुँदै जाँदा कोरोनाको जोखिम बढ्दै

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 2.4K
    SHARES

    दुई दिन अघि बालुवाटारमामा भएको प्रदर्शनमा सर्वसाधारणहरु। तस्बिर: मनोज आत्मिय

    काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोराना भाइरसको संक्रमण नेपालमा पनि बढेको छ । मुलुकका ७३ जिल्लामा संक्रमण फैलिएको छ । कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न सरकारले गत चैत ११ गते मुलुकभर लकडाउन घोषणा गरेको थियो । यस अवधिमा कोरोना भाइरसको संक्रमण घट्नु साटो झन् झन् बढ्यो । जेठ ३ गते नेपालमा पहिलो कोरोना संक्रमितको मृत्यु भएको थियो ।

    अहिलेसम्म मुलुकभित्र १९ जनाको कोरोना भाइरसबाट ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम बताउँछन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार, विदेशमा रहेका १ सय २७ जना नेपालीको मृत्यु भएको छ । बेलायत, अमेरिका, युएई, साउदी अरेबिया, कुबेत, कतार, जापान, टर्की लगायत १३ वटा मुलुकमा रहेका नेपालीको मृत्यु भइसकेको छ ।



    चैत ११ गते घोषित लकडाउनमा सहजीकरण गर्ने सरकारी निर्णयसँगै निर्वाधरूपमा राजधानी भित्रनेको संख्या बढेको छ । संक्रमितको संख्या दिनानुदिन बढेका बेला लकडाउनलाई कडाई गर्नुपर्नेमा झन् खुकुलो बनाउँदा जोखिम चुलिएको विज्ञको भनाइ छ । कोरोनाका नयाँ संक्रमित दैनिक तीन सयको हाराहारीमा वृद्धि भइरहेको बेला आइतबार ४ सय २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    बाहिरी जिल्लाबाट यात्रा गरेर आउने व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छैन । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार, एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा कोरोना भाइरसको परीक्षण गरेर आउनु पर्दैन । मन्त्रालयको निर्देशिकामा उल्लेख गरिएको व्यवस्थाबाहेक कोही कसैको पनि परीक्षण नगर्न÷नगराउन स्वास्थ्य संस्था, प्रयोगशाला र सरोकारवाला निकायमा अनुरोध गरिएको उनले बताए ।

    सरकारले लकडाउन खुकुलो गर्ने घोषणा गरेसँगै कोरोना भाइरसको संक्रमण सर्ने÷सार्ने जोखिम रहेको विज्ञहरू बताउँछन् । जनजीवन सामान्यतर्फ लैजान सरकारले लकडाउनमा सहजीकरण गरे पनि यात्रुले सावधानी नअपनाउने गरेकाले जोखिम रहेको उनको भनाइ छ । काठमाडौंका सडकमा सवारीसाधन चल्न थालेका छन् । पैदल एवं सवारी यात्रुको चाप बढेको छ । सरकारको निर्णयबाट नै वैशाख २४ गते चहलपहल र आवागमन बढेको हो । जेठ २८ गते जोरबिजोर प्रणालीमा सवारीलगायत कार्यालयसमेत सञ्चालन गर्ने निर्णयपछि आवागमन ट्राफिक जामसमेत सुरु भइसकेको छ। सडकमा प्रदर्शनी एवं नाराबाजीसमेत भइरहेको छ।

    कोरोनाका कारण रोजगारी गुमाएर विदेशबाट आउने नेपालीको व्यवस्थापन र सीमाबाट फर्केका व्यक्तिको स्वास्थ्यमा विशेष निगरानी नराखेका कारण जोखिम पनि बढेको छ। वरिष्ठ सघन उपचार (आईसीयू) विशेषज्ञ डा अर्जुन कार्की संक्रमणको जोखिम झन् बढेको भन्दै सावधानी अपनाउन सुझाव दिन्छन् । आजको अन्नपूर्ण पोस्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार