Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • काठमाडौं छिर्न अब झन कठिनाइ, गृहले लागू गर्‍यो यस्तो नियम

    काठमाडौं छिर्न अब झन कठिनाइ, गृहले लागू गर्‍यो यस्तो नियम

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 6.1K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । गृह मन्त्रालयले कोरोना संक्रमण फैलने संभावित त्रासका कारण  काठमाडौं उपत्यका प्रवेसमा थप कडाइ गरेको छ ।

    अब काठमाडौं उपत्यका भित्रनेका लागि काठमाडौं उपत्यकास्थित स्थानीय तहको अनुमति अनिवार्य गरिएको हो ।



    मन्त्रिपरिषद् निर्णय अनुसार उपत्यकाबाहिर रहेकाहरू फर्किन काठमाडौं उपत्यकास्थित आफू बसोबास गरिरहेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गर्ने निर्णय भएको हो ।



    काठमाडौं उपत्यकास्थित सम्बन्धित नगरपालिकाले आउन अनुमति दिएपछि यात्रा गर्ने जिल्लाको प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

    काठमाडौं उपत्यका भित्रने भन्दा बाहिरिनेका लागि भने कम खुकुलो गरिएको छ । काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेस गरेमा सवारी पास दिने निर्णय गरिएको छ ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले आइतबार काठमाडौं उपत्यका भित्रने र बाहिरिनेका लागि सूचना जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू भइसकेकाले सवारी पास बन्द गरेको छ ।

    सरकारले ८ जेठदेखि कोरोना रोकथामका लागि उपत्यकाका भित्रने र बाहिरिने सबै नाका सिल गरेको थियो । काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा बढी जनघनत्व भएकाले काठमाडौं उपत्यका क्षेत्र बढी जोखिममा रहेको देखिएको भन्दै गृह मन्त्रालयले उपत्यका प्रवेश निषेध गरेको हो  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार