Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • चीनलाई उछिन्यो भारतले, कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

    चीनलाई उछिन्यो भारतले, कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण उद्गमस्थल चीनमा भन्दा भारतमा बढिको मृत्यु भएको छ ।

    भारतमा संक्रमितको संख्या पनि दैनिक रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ११ हजार ९२९ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।



    यो तथ्यांक पनि दैनिक संक्रमितहरुको संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ।



    भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ लाख २१ हजार ९६३ पुगेको छ ।

    योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या नौ हजार १९५ पुगेको छ। चीनमा भने हालसम्म कोरोनाका कारण ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार