Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अवैध हतियार र लागुऔषध गाँजासहित दुई जना पक्राउ

    अवैध हतियार र लागुऔषध गाँजासहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    रौतहट । रौतहटमा अवैध हतियार र लागुऔषध गाँजासहित दुुईजना पक्राउ परेका छन्।

    ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरिया बाट खटिगएको गस्ती टोलीले जयराजपुरबाट हर्षाहा जान लागेका कर्मुलाह अन्सारीलाई  चेकजाँच गर्दा हतियारसहित पक्राउ गरेको थियो ।



    अन्सारीको साथबाट एकथान नलकटुवा पेस्तोल र २ थान गोली बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।



    त्यसैगरी ५ किलो लागुऔषध गाँजासहित महमद सलामलाई प्रहरीले गरेको छ । हतियार र गाँजासहित पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले वताए। उनीहरुमाथि अबैध हतियार र लागुऔषधमा मुद्दा चलाउने प्रहरीको भनाइ छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार