Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पहिरोले घर पुरिँदा पर्वतमा मृत्यु हुनेको संख्या ५ पुग्यो , चार जना बेपत्ता

    पहिरोले घर पुरिँदा पर्वतमा मृत्यु हुनेको संख्या ५ पुग्यो , चार जना बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    कास्की। अबिरल वर्षापछि आएको पहिरोले घर पुरिँदा पर्वतमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

    मृत्यु हुनेमा ५५ वर्षीय तुलबहादुर थापा, ५१ वर्षीय मिनकुमारी थापा, ८ वर्षीया विवसा थापा, ३० वर्षीया दिपा थापा र ३५ वर्षीया कमला बिक छन् ।



    घटनामा थप चार जना बेपत्ता छन् । बेपत्ता हुनेमा १४ वर्षीय सम्राट थापा, १६ वर्षीय विवेक थापा, १३ वर्षीय जेनिस बिक र ७ वर्षीय प्रनिस बिक छन् ।



    हिजो बेलुकी पाँचबजेपछि त्यस क्षेत्रमा लगातार भीषण वर्षा भएको थियो। पहिरोले घर र मान्छे पुरिएको थाहा पाएपछि सदरमुकाम कुश्माबाट सेना र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ । तर रातीको समय परेकोले खोजी र उद्धारमा समस्या परेको थियो । घटनास्थलमा  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार