Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ओलीले वार्ता गर्न नचाहेको भारतकाे आरोप

    ओलीले वार्ता गर्न नचाहेको भारतकाे आरोप

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । भारतीय पक्षले सीमा विवादमा सम्वाद गर्न नेपाल सरकारसँग संविधान संशोधन प्रस्ताव दर्ता गर्नु अगावै प्रस्ताव गरेकाे दाबी गरेको छ ।

    भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले भारतीय पक्षद्वारा लिपुलेक, कालापानी र लिम्पियाधुराको विवादका विषयमा सम्वाद गर्न नेपाल सरकारसँग संविधान संशोधन प्रस्ताव दर्ता गर्नु अगावै प्रस्ताव गरेकाे दाबी गरेको हाे ।



    नेपालका प्रधानमन्त्री केपी ओलीले भारतसँग कुटनैतिक सम्वाद गर्न नचाहेको आरोप हिन्दुस्तान टाइम्सले लगाएको छ । प्रतिनिधि सभाले शनिबार संविधान संशोधनको प्रस्ताव पारित गरेसँगै भारतीय सञ्चारमाध्यमले ओलीले वार्ताको प्रस्ताव अस्वीकार गरेको भनेर समाचार लेखेको छ ।



    लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद बाहिर आएपछि भारतले नेपाललाई वार्ताको प्रस्ताव गरिएको दाबी समाचारमा छ ।

    प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले भारतले लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा वार्ता गर्न कुनै प्रस्ताव नगरेको बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार