Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको शानदार जीत

    स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको शानदार जीत

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जीत हासिल गरेकाे छ। बार्सिलोनाले मालोर्कामाथि ४-० को जीत निकालेको हाे।

    दोस्रो मिनेटमा नै अटुरो भिडालले गोल गर्दै सुरुवाती अग्रता लिएको बार्सिलोनाले ३७ औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरेपछि पहिलो हाफमा २–० को अग्रता लियो ।



    ७९ औँ मिनेटमा जोर्डी अल्बाले गोल गरे । इन्जुरी समयको तेस्रो मिनेट अर्थात ९३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भयो ।



    जीतपछि बार्सिलोनाको २८ खेलबाट ६१ अंक भएको छ । उसले एक खेल कम खेलेको रियल मड्रिडसँग अंक दूरी पाँच अंकले बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार