Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नयाँ नक्सालाई सहमति उल्लंघन भन्दै भारतले फेरी भन्यो,’कृत्रिम विस्तार’

    नयाँ नक्सालाई सहमति उल्लंघन भन्दै भारतले फेरी भन्यो,’कृत्रिम विस्तार’

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 4K
    SHARES

    काठमाडौं । संसदबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएपछि भारतले फेरी आफ्नो भनाइ सार्वजनिक गरेको छ।

    शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई सर्वसम्मत अनुमोदन गरेको हाे । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिवार सांझ वक्तव्य जारी गर्दै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका हुन ।



    भारतले सीमा विवाद वार्ताको माध्यमबाट टुंगो लगाउने सहमति उल्लंघन भएको आरोप लगाएको छ।



    प्रवक्ता  श्रीवास्तवले भारतले लिम्पियाधुरासहितको क्षेत्रको बारेमा पहिले नै प्रस्ट पारिसकेको धारणा राखेको उल्लेख गरेका छन् ।

    ने सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि भारतले त्यसलाई स्वीकार नगर्ने बताएको थियो। भारतले नेपालले जारी गरेको नक्सालाई एकपक्षीय कदम भन्दै आएको छ ।

    नेपालको नक्साको कृत्रिम विस्तार गरिएको भन्दै भारतले त्यसको कुनै ऐतिहासिक तथ्य प्रमाण नरहेको पुन: वक्तव्यमार्फत जिकिर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार