Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बार्सिलोनाले तीन महिनापछि खेल्दै

    बार्सिलोनाले तीन महिनापछि खेल्दै

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    एजेन्सी। कोरोना भाइरसका कारण स्थगित भएको स्पेनिस ला लिगा फुटबल तीन महिनापछि सुचारु हुँदा लिग लिडर बार्सिलोनाले आज राति आफ्नो पहिलो खेल खेल्दैछ ।

    बार्सिलोना ९६ दिनपछि पहिलोपटक मैदानमा फर्किन लाग्दा पहिलो म्याच मालोर्कासँग उसकै मैदानमा खेल्दैछ। हाल अंक तालिकामा बार्सिलोना २७ खेलपछि ५८ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । शनिवार राति हुने खेलमा बार्सिलोना स्पष्ट जित निकालेर उपाधि होडमा थप अग्रता लिने दाउमा हुनेछ ।



    यदि आज मालोर्कालाई गोलअन्तरमा हराउन सके बार्सिलोनाले दोस्रो स्थानको रियल मेड्रिडलाई एक खेल बढी खेलेर ५ अंकले पछि पार्नेछ । तर, पराजित वा बराबरी भए त्यसको सोझो फाइदा रियल मेड्रिडलाई पुग्नेछ ।



    लामो समय फुटबल ठप्प भएर हुन लागेको पहिलो खेलमा आज बार्सिलोनाको टोलीका सबैजसो प्रमुख खेलाडी उपलब्ध छन् । जसमा यसअघि चोटका कारण ८ खेल गुमाएका लुइस स्वारेज फिट हुँदै मैदान फर्किंदैछन् । त्यस्तै, आक्रमण लाइनमा कप्तान लिओनल मेसीसँगै एन्टोनी ग्रीजम्यान र मार्टिन ब्रेथवेट पनि बार्सिलोनाको टोलीमा उपलब्ध हुनेछन् ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार