Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रचण्डको भनाइप्रति कमल थापाले जनाए आपत्ति

    प्रचण्डको भनाइप्रति कमल थापाले जनाए आपत्ति

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डको भनाइप्रति राप्रपाका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्।

    प्रतिनिधि सभाको बैठकमा संविधन संशोधनमाथि छलफलमा भाग लिँदै  प्रचण्डले ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्ने प्रचण्डको भनाइप्रति थापाले समाजिक संजाल मार्फत आपत्ति जनाए।



    प्रचण्डको उक्त भनाइप्रति आपत्ति जनाउँदै थापाले प्रचण्डको भनाइ भ्रामक र पूर्वाग्रही हुनुका साथै विकृत र असन्तुलित मानसिकता भएको आरोप लगाए।



    ‘१७ हजारको शवमा टेकेर विदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधबोध हो’ थापाले सामाजिक सञ्जाल टुइटरमा लेखेका छन्‚ ‘नेपालको एकिकरण र अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।’

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार