Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ओलीलाई टार्गेट गरी राजेन्द्र महतोले दिए संसदमै चुनाैती

    ओलीलाई टार्गेट गरी राजेन्द्र महतोले दिए संसदमै चुनाैती

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टार्गेट गरी संसदमै चुनाैती दिएका छन्।

    प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै नेता महतोले नक्सामा मात्रै राखेर गुमेको भूमि नपाइने भएकाले जमिन नै फिर्ता गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।



    साथै उनले नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेको बताउँदै कूटनीतिक तवरबाटै वार्ताको माहोल सिर्जना गरेर जमिन फिर्ता गर्न आग्रह गरेका छन् ।



    ‘त्यो जमिन र भूमि चाहियो नेपाली नागरिकलाई । सरकारले वार्ता गरेर त्यो जग्गा फिर्ता ल्याइदिनुपऱ्यो । नेपाल–भारत सम्बन्ध सिंहदरबार र दिल्ली दरबारले बनाएको होइन । संसद्मा उल्टापाल्टा कुरा गरेर माहोल अप्ठ्यारो नबनाउनुस् । जनता–जनताबीच बनेको सम्बन्ध बिग्रन नदिनुहोस्,’ नेता महतोले भने ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार