Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १८ पुगेकाे स्वास्थ्य मन्त्रालयद्वारा पुष्टी

    काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १८ पुगेकाे स्वास्थ्य मन्त्रालयद्वारा पुष्टी

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । नेपालमा कोरोनाका कारण थप २ जनाको ज्यान गएको छ । २ जनामध्ये १ जना भने ५ वर्षीय बालक हुन् ।

    उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।



    शुक्रबार दिउसो मृत्यु भएका उनको अपरान्ह लिइएको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।



    बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी ती बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो ।

    निजगढको सामुदायिक अस्पतालबाट ती बालकलाई वीरगन्ज रिफर गरेको थियो ।

    बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै दुई पटक आरडीटी परीक्षण गरिएको थियो । पहिलो पटक हेल्थ केयर अस्पतालले नै र दोस्रो पटक नारायणी अस्पतालको टोली बोलाएको आरडीटी परीक्षण गरएिको थियो ।

    त्यसपछि भने थ्रोट स्वाब संकलन गरिएको थियो । अस्पतालका अनुसार करिब २ बजे स्वास्थ्य अवस्था खराब भएपछि बालकलाई भेन्टिलेटरमा राखिएको थियो। तर, उनको साढे ४ बजे तिर मृत्यु भएको हो ।

    त्यसैगरी पर्सामा भेटिएको वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यसअघि नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ ।

    मृतकको नाम, थर, ठेगाना नखुलेपछि पोष्टमार्टम गरेर उनको शवपछि नारायणी अस्पतालमै राखिएको छ ।

    बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो ।

    स्वास्थ्य तथा जनसंख्ष्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित मिडिया व्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको र मृतकको संख्या १८ पुगेको जानकारी गराएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार