Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • संविधान संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीकाे निर्देशन

    संविधान संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीकाे निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    काठमाडाैँ । समाजवादी पार्टीको संसदीय दलले संविधान संशोधनको पक्षमा मतदान गर्न निर्देशन दिएकाे छ । समाजवादी पार्टीको शनिबार बसेको संसदीय दलको बैठकमा नेपालको नयाँ नक्साको पक्षमा उभिने निर्णय गरेको सो पार्टीका सांसद प्रदीप यादवले बताए ।

    यसैगरी राजपा संसदीय दलको बैठकले पनि संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको सो पार्टीका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए ।



    यी दुबै पार्टी एकिकरण भएर जनता समाजवादी गठन भएपनि संसदमा अलग अस्तित्वमा नै छन् ।



    सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि सोहीअनुसार संविधानमा मिलान गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार