Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • काेराेनाले थप २ जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो

    काेराेनाले थप २ जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 5.3K
    SHARES

    काठमाडौं । कोरोना भाइरसकाे संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा मृतक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    उनका अनुसार कोरोना पुष्टि हुने मृतक पाँच वर्षे बालक र अन्दाजी २५ वर्षका पुरुष छन् । यी दुवै मृतकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्टि गरेको छैन ।



    बालक निमोनिया भएर अस्पतालमा उपचार गर्न आएका थिए । एक निजी अस्पतालमा उपचार गर्न आएका उनको कोरोना आशंका गरी स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा सिंहले बताए ।



    त्यस्तै अर्का एक बेवारिसे अवस्थामा शव फेला परेका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । अन्दाजी २५ वर्ष उमेरको पुरुष वीरगञ्ज घण्टाघर परिसरमा मृत फेला परेका थिए । उनमा पनि कोरोनाको आशंकामा स्वाव परीक्षण गर्दा पोजेटिभ देखिएको डा सिंहले बताए । वीरगञ्जमा २ जनाको मृत्युभएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार