Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोनाको अर्को लहर देखिएको भन्दै डब्लूएचओले दियो चेतावनी

    कोरोनाको अर्को लहर देखिएको भन्दै डब्लूएचओले दियो चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी । कोरोना महामारीको दोस्रो लहर देखापर्न थालेको भन्दै साबधानी अपनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ।

    विश्वका केही देशमा कोरोना महामारीको दोस्रो लहर देखापर्न थालेको बताएको छ । सुरुमा लकडाउन, सामाजिक दूरीलगायत प्रतिबन्ध लगाइएका देशमा कोरोना केही नियन्त्रण हुने बित्तिकै सावधानीमा लापरबाही गर्दै गएकाले दोस्रो लहरका रूपमा संक्रमण पुनः देखिन थालेको चेतावनी डब्लूएचओले दिएको हो ।



    डब्लूएचओका कार्यकारी निर्देशक डा. माइकल रायनले भने, ‘विश्वका धेरै देश अहिले पनि कोरोना महामारीको पहिलो लहरमै छन् । युरोप, दक्षिण पूर्व एसिया, उत्तर अमेरिकाका केही देशमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको छ । केही देशले कोरोनाबाट बढ्दो संक्रमण तथा मृत्यु रोक्न लकडाउन लागू गरेका छन् ।’



    उनले अगाडि भने, ‘तर अहिले केही देशमा संक्रमणका घटना पुनः देखा पर्न थालेका छन्, जुन संक्रमणको दोस्रो लहर हुन सक्छ । अर्को शब्दमा, त्यहाँ यो रोग पूर्ण रूपमा समाप्त भएको छैन, भाइरस केही समयका लागि मत्थर भएको थियो, तर अब यसले फेरि आफ्नो खुट्टा उचाल्दै छ ।’

    यसको एउटा कारण केही देशले लकडाउनलगायत प्रतिबन्ध हटाउनु रहेको उनको भनाइ छ ।  डब्ल्यूएचओका महानिर्देशक डा‍. टेड्रोस एडहनम ग्रेबियससले कोरोनासँगको लडाइँ नसकिएको उल्लेख गर्दै उनले यो भाइरसप्रति अति संवेदनशील नबने पुनः उल्टिएर यसले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार