Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सरकार बिरोधी प्रदर्शनमा रोचक दृष्य, प्रर्दशनकारीसँग मिसिएर प्रहरीले गाए राष्ट्रिय गान

    सरकार बिरोधी प्रदर्शनमा रोचक दृष्य, प्रर्दशनकारीसँग मिसिएर प्रहरीले गाए राष्ट्रिय गान

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 3.6K
    SHARES

    काठमाडौं। माइतिघरमा भएको आजको सरकार बिरोधी प्रदर्शनमा रोचक दृष्य देखिएको छ।  शनिवार बिहान माइतिघर मण्डलामा  १० बजेदेखि साढे ११ बजेसम्म विरोधको कार्यक्रमम तय भएको थियो।

    सडकमा प्रर्दशनककारीहरु लाइनमा  हातमा फूल लिएर बसेका थिए । प्रहरीले पनि संयमता अपनाएको थियो। जब प्रदर्शन शुरु हुन लाग्यो अनि एक जना व्यक्तिले हातमा माइक लिएर गाउन थाले – नेपाली राष्ट्रिय गीत ‘सयौं थुंगा फुलमा हामी एउटै माला नेपाली…।’



    अनि भीडलाई तितरबितर बनाउन पुगेका प्रहरी नै एकाएक अल्मलिए र  रोकिए । त्यसपछि एउटै पङ्क्तिमा रहेर स्यालुट गरे।अनि,



    आन्दोलनमा खटिएका महानगरिय प्रहरी परिसर काठमाडौंका एसपी  सोमेन्द्रसिंह राठौर सहितका प्रहरीहरुले सँगै राष्ट्रिय गान पनि गाए।  आन्दोलनमा यो दृष्य नै आज  रोचक बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार