Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पार्टीकाे अर्काे निर्देशनमा गिरीको जवाफ: ‘म सोचेर निर्णय लिन्छु’

    पार्टीकाे अर्काे निर्देशनमा गिरीको जवाफ: ‘म सोचेर निर्णय लिन्छु’

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ — सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन फेरि अर्काे निर्देशन पार्टीले दिएको छ । समाजवादी पार्टीको संसदीय दलको बैठकले आफ्नो दलकी सांसद गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन फेरि अर्काे निर्देशन दिएपछि याे राजनीतिक घटना क्रमले नया माेड लिएकाे जस्ताे देखिएकाे छ।

    संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गर्दै गिरीलाई संशोधन फिर्ता लिन निर्देशन दिएपछि उनले म साेचेर निर्णय लिने जवाफ दिएकी छन्।



    समाजवादीका एक सांसदका अनुसार गिरी भने संसदीय दलको बैठकबाट बाहिरिएकी छन् । दलले ह्वीप जारी गरेर संशोधन फिर्ता गर्न निर्देशन दिएलगत्तै ‘म सोच्छु’ भनेर बाहिरिएको सांसद प्रदीप यादवले जानकारी दिए।



    सकरारले संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा रहेको नेपालको नक्सालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर जारी गरिएको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा राख्नका लागि संविधान संशोधन विधेयक ल्याएको थियो । सांसद गिरीले सरकारको विधेयक गलत भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।

    पार्टीले यसअघि पनि गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार