Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अहिलेको आन्दोलन : मलामी जाँदा पन्चेबाजा बजाएर नाच्दै हिंडेजस्तो

    अहिलेको आन्दोलन : मलामी जाँदा पन्चेबाजा बजाएर नाच्दै हिंडेजस्तो

    भरत महतारा
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 5.6K
    SHARES

    आन्दोलन त सही नै होला तर आन्दोलन गर्ने समय चाहिं पटक्कै ठिक भएन । मलामी जांदा पन्चेबाजा बजाएर नाच्दै हिंडेजस्तो ।

    ताल न सुरको बेमौसमी बाजा जस्तो । जतिसुकै ताल र सुर मिलाएर बाजा बजाए पनि परिवेश सहि भएन भने त्यो निरास र कर्कस नै सुनिन्छ ।
    कोरोना नियन्त्रण गर, परीक्षणको दायरा फराकिलो गर, खर्चको हिसाव दे, राष्ट्रघाती एमसिसी खारेज गर भन्दै हजारौको संख्यामा भेला भएर आन्दोलन गर्नेहरूलाई माग सहि भएपनि समय र परिस्थिती नमिलेकोले एक किसिमका अराजक समुह नै भन्छु म ।



    यस्तो बिसम परिस्थितिमा हामीले नेपाल सरकारलाई सहयोग गर्नु पर्छ, हामी जुनसुकै पेशा ,पार्टी ,समूह, बिधार्थी र स्वतन्त्र व्यक्तिले l



    अबको केही हप्तामा नेपालमा अझ भयाबह स्थिती निश्चित छ l जबसम्म हामी सचेत हुदैनौ, तबसम्म हुने वाला केहि छैन l अबको केहि हप्तामा कोरोनाका संक्रमित हजारौ ट लाखमा पुग्ने पक्का पक्कि छ l  घरमा सुरक्षित बसेका दिर्घरोगी बुढाबुढीलाई आन्दोलनकारीले मृत्युको मुखमा पुर्याउने छन् ।

    त्यसहिसावले संक्रमितको संख्या संगै मृत्युको सख्यापनि हजारौ पुग्ने छ भन्ने अनुमान र आकलन गर्न सकिन्छ ।

    जायज माग हुँदाहुँदै पनि उचित साबधानी, परीस्थिति नबुझ्नाले भोलिको दिनमा पछुताउनु सिवाय अरू रहने छैन ।

    अबको बाटो भगवान भरोसा नै छोड्ने भए ठिकै छ गर्नुस तपाईहरु आन्दोलन नेपाललाई पनि इटाली बनाउनुस । आन्दोलन र बिरोध त कोरोनाको महामारी सकिए पछि सबै मिलि गरौला नि ,यो समय भनेको आफु सुरक्षित त रहने र अरुलाई नि सुरक्षित बनाउने समय हो lन की खर्चको विवरण माग्ने समय होइन ,खर्चको बिबरण यो कोरोनाको कहर साम्य भयपछी मागौला नि l त्यो नै उत्तम विकल्प होला मेरो बिचारमा l

    २०७७ /०२/३१ दिन नेपाल र नेपालिको लागि खास हुनेछ सायद बिश्वास गरौ, आज कुनै अप्रिय घटना नहोस आज हुने संविधान संशोधनले

    ऐतिहासिक र स्वर्णिम अक्षरले लेखिने पक्का छ  l हाम्रो  भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रियता र देशको स्वाभिमानलाई अझ बलियो बनाउने आजको दिन सारा नेपालीहरुका लागि खास दिन हुने छ l

    जसरी भारतीय मिडियाले लेखेका छन्, त्यसलाई मान्ने हो भने नेपालमा ठुलो चलखेलको गन्ध आएको देखिन्छ l यो सरकार फाल्नै पर्छ र यो जमातले कोरोना बढाउने पक्का छ र त्यसैलै देश बर्बाद हुन्छ र यस्ता आन्दोलनले देश अफगानिस्तान हुन्छl  किनकी यहाँ आन्दोलन अरुको देशको स्वार्थको लागि हुँदै छ l त्यो कुरा युवाहरुलाइ थाहा छ कि छैन ।

    आन्दोलनको पहिलो दिन सभ्य देखियता पनि त्यसपछिका दिनमा अभद्र हुदै गएका छन् l हाम्रो राष्ट्रमाथि कयौको गिद्धे नजर छ, त्यसैले हामी एक हुन् जरुरी छ र राष्ट्रिय एकताको आजको आवश्यकता हो l

    यो फेरी मैले कुनै ब्यक्ति बिशेष ,पार्टी बिशेष भएर हैन, एउटा स्वतन्त्र ब्यक्तिको हिसाबले भनेको हुँ l यो मेरो व्यक्तिगत धारण हो l

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार