Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • चीनमा पुनः देखियो कोरोना भाइरसको नयाँ केश

    चीनमा पुनः देखियो कोरोना भाइरसको नयाँ केश

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    एजेन्सी । चीनमा पुनः कोरोना भाइरसको नयाँ केश देखिएको छ ।  राजधानी बेइजिङमा ५२ वर्षीय मानिसमा कोरोनाभाइरस संक्रमण फेला परेको छ ।

    देखापरेको उक्त केसलाई स्थानीय संक्रमण मानिएको छ । उक्त व्यक्ति विगत दुई हप्तादेखि बेइजिङबाट बाहिर गएका तथा बाहिरबाट आएका कोही व्यक्तिसँग सम्पर्कमा आएका पनि थिएनन् ।



    त्यसै गरी हिजो नै चीनमा विदेशबाट आएकाहरुमध्ये ६ जनामा संक्रमणका नयाँ केसहरु फेला परेका थिए ।



    कोभिड–१९ विरुद्ध खोप बनाउने कोशिशमा जुटेका अमेरिकी बायोटेक कम्पनी मोडेर्नाले यही जुन महिनामा आफ्नो खोपको तेस्रो चरणको परीक्षण गर्ने जनाएको छ । यस चरणमा ३० हजार मानिसहरुमा खोपको परीक्षण गरिने छ ।

    एउटा अध्ययन रिपोर्टले दैनिक १।९० डलरभन्दा कम आम्दानी हुनेहरु कोरोनाभाइरसको संक्रमणले बढी पिरोलिने देखिएको छ । सो रिपोर्टका अनुसार, संसारभरिमा १ अरब मानिसहरुमा कोरोनाको संक्रमण फैलिन सक्ने छ ।

    लकडाउन खुकुलो पारे पनि दक्षिण कोरियाले भौतिक दूरीसम्बन्धी आफ्नो नीतिलाई झनै कडा पारेको छ । उसले कोरोनाको संक्रमण एक नम्बरवाला अंकमा नझरेसम्म भौतिक दूरीसम्बन्धी कडाइलाई झनै कडाइका साथ लागू गर्ने जनाएको छ ।

    त्यसअनुसार दक्षिण कोरयाका स्वास्थ्यमन्त्री पार्क नेउङ–हुले सियोलका वासिन्दाहरुलाई सकेसम्म घरभित्रै बस्न र बिनाकाम बाहिर ननिस्कन आव्हान गरेका छन् । हिजो बिहीबार मात्रै कोरियामा संक्रमणका २६ नयाँ केसहरु फेला परेका थिए । कोरियामा लकडाउन खुकुलो पारिएपछि नाइटक्लब, धार्मिक स्थलहरु, संग्रहालय, पार्कहरु अझै बन्द नै राखिएका छन् ।

    माल्दिभ्सले पनि २ महिना लामो लकडाउन खकुलो पार्ने जनाएको छ । त्यहाँ घरेलु उडानहरु खुल्नेछ । रेष्टुरा तथा क्याफेहरु त्यहाँ बसेर खान नपाउने, घरमा लान पाउने गरी खुल्ने छन् । त्यसैगरी, माल्दिभ्सले एकअर्काकोमा पाहुना लाग्ने गरी पारिवारिक भ्रमणमा पनि रोक लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार