Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पार्टीको निर्देशन अटेर गर्ने गिरीलाई कारबाहीको तयारी

    पार्टीको निर्देशन अटेर गर्ने गिरीलाई कारबाहीको तयारी

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं – जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाहीको तयारी गरेकाे छ। जसकाले लागि पार्टीकाे संसदीय दलको बैठक आज बस्दै छ ।

    सांसद गिरीले संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएलगत्तै फिर्ता लिन निर्देशन दिदा पनि उक्त प्रस्ताव फिर्ता नलिएपछि उनलाई आवश्यक कारबाही गर्ने तयारी भएको हो ।



    समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार गिरीलाई अझै पनि संसोधन फिर्ताका लागि आग्रह गरिने र उक्त प्रस्ताव फिर्ता नलिए पार्टीको ह्विपबिपरित गएको ठहर गर्दै कारबाही हुनेछ ।



    नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गर्ने पक्षमा मतदान गर्ने निर्णय गरेको जनता समाजवादी पार्टीले आफ्नै सांसद सरिता गिरीले संसोधन हालेपछि त्यसबारे आवश्यक निर्णय गर्न लागेकाे हाे।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार