Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • रुकुम घटना : ‘नवराज हिँड्नुभन्दा पहिले नै घेराबन्दीको तयारी’

    रुकुम घटना : ‘नवराज हिँड्नुभन्दा पहिले नै घेराबन्दीको तयारी’

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    रुकुम । गत जेठ १० गत शनिबार दिउँसो जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक आफ्ना १८ जना साथीसहित प्रेम बिहेका लागि केटी लैजान रुकुम पश्चिमको चौरजहारी हिँड्छन् । उनीहरु जाजरकोटमा छँदा नै साथीसहित नबराज हिँडेको खबर रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसमक्ष आउँछ । मल्ललाई जाजरकोटबाट टेलिफोनमार्फत नवराज केटी लिन चौरजहारी आउन लागेको खबर आएपछि उनले पनि गाउँका केही युवासँग फोन कुरा गर्छन् ।

    वडाध्यक्ष मल्लले फोन गरेर स्थानीय विनोद मल्लको नेतृत्वमा १२ जनालाई जाजरकोटबाट केटी लिन आएका नबराजसहितका केटाहरुलाई आउन नदिन स्थानीय ढोल्ला पुलमा पठाउँछन् । वडाध्यक्षको निर्देशनअनुसार विनोदको नेतृत्वमा १२ जना युवाहरु पुलनजिकै जाजरकोटबाट आउने केटाहरुलाई पर्खेर बसेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।



    घटनासँग सम्बन्धित सबैको कलडिटेलको अनुसन्धान गरिहेको प्रहरीले वडाध्यक्षलाई पहिले नै जानकारी भए पनि प्रहरीलाई ढिला खबर गरेको पुष्टि गरेको छ । पक्राउ परेका सबैलाई वडाध्यक्ष मल्लले नै फोन गरेर बोलाएको कलडिटेलमा देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।



    वडाध्यक्ष मल्ललाई जाजरकोटबाट युवाहरु आउँदै गरेको दिउँसो नै थाहा भए पनि प्रहरीलाई भने उनले साँझ ६ बजेर ६ मिनेटमा मात्रै खबर गरेको देखिएको छ । प्रहरीलाई पहिले चौरजहारीको ढुंगेखालीमा जाजरकोटका केटाहरु र स्थानीयबीच झडप भएको भन्दै खबर गरेका थिए । ढुंगेखानीमा प्रहरी पुग्दा त्यहाँ कोही नभएपछि पुनः वडाध्यक्षलाई प्रहरीले फोन गरेको कलडिटेलमा देखिएको ती प्रहरी अधिकारीले बताए ।

    घटना भइरेको स्थानको खोजी गर्दै प्रहरी भेरी नदीमा पुग्दा साँझ ६ बजेर १८ मिनेट गएको थियो । तर भेरी नदीमा नबराज ६ बजेर ९ मिनेटमा डुबेको अनुसन्धानमा देखिएको छ । प्रहरी भेरी नदीमा पुग्दासम्म ४ जना डुबेका थिए । साँझ ६ बजेर १८ मिनेटमा भेरी नदीको किनारमा प्रहरी पुग्नवित्तिकै अन्य थप दुईजना डुबेको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार