Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भरुवा बन्दुकसहित ६ जना पक्राउ

    भरुवा बन्दुकसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    बागलुङ । बागलुङमा भरुवा बन्दुकसहित छ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ वर्षीय चित्रराज कँडेल, ३६ वर्षीय थमबहादुर घर्ती, ३७ वर्षीय होमबहादुर रोका, २९ वर्षीय खिमानन्द कँडेल, ४२ वर्षीय टङ्कबहादुर रोका र बमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई पाँच थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।



    विषेश सूचनाका आधारमा खानतलासी गर्दा उनीहरुको साथबाट अवैध हतियार लुकाइराखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पक्राउ परेका छ जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको बताइएको छ ।
    त्यस्तै प्रहरीले स्थानीयको रोहवरमा उनीहरुको घर खानतलासी गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार