Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सरिता गिरीको घरमा ताेडफाेड गर्ने पक्राउ

    सरिता गिरीको घरमा ताेडफाेड गर्ने पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न पेश गरेको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै संसदमा अर्को संशोधन प्रस्ताव दर्ता गराएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ताेडफाेड गर्ने एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ।

    विशालनगरस्थित गिरीको घरमा बुधबार साँझ युवाहरुको एक समूहले ताेडफाेड गरेपछि प्रहरी उनीहरूकाे खाेजीमा जुटेकाे थियाे।



    खाेजी गर्ने क्रममा हेमराज थापलाई बसन्तपुरबाट पक्राउ गरिएकाे हाे। महानगरीय अपराध महाशाखा र पीसीसीबी जनसेवाद्वारा खटिएकाे टाेलीले थापलाइ पक्राउ गरी माहानगरिय प्रहरी परिसर बुझाएकाे छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार