Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सीमा नाकामा प्रहरीकाे हतियार खाेस्ने भारतीय प्रकाउ

    सीमा नाकामा प्रहरीकाे हतियार खाेस्ने भारतीय प्रकाउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    वीरगञ्ज । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । त्यस्तै प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले बताए

    उनका अनुसार प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।



    उनले भने, ‘अहिले थप सुरक्षा अधिकारी त्यहाँ पठाइएको छ, विस्तृत विवरण आउन बाँकी छ ।’ बीओपीमा कार्यरत अधिकारीहरुले भने सशस्त्र प्रहरीले संयमता अपनाउँदा अपनाउँदै पनि भिड आक्रोशमा आएकाले दुर्घटना भएको बताएका छन् ।



    सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनाधिकृत रुपमा नेपाल छिर्ने खोज्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा झपड भएको बताए । ‘अनाधिकृत रुपमा प्रवेश गर्नेलाई सुरक्षाकर्मीले रोक्ने नै भए, त्यस क्रममा सुरक्षाकर्मीलाई हातपात गरेर हतियार खोसेपछि प्रहरीले फायरिंग गरेको हो’ प्रमुख जिल्ला अधिकारी जिसीले भने ।

    यसअघि झापा बारा लगायतका विभिन्न जिल्लाका सीमावर्ती क्षेत्रमा भारतीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार