Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • शिक्षा मन्त्रीलाई विद्यार्थीको प्रश्न, प्लस टु र विश्वविद्यालयको हकमा के हुन्छ ?

    शिक्षा मन्त्रीलाई विद्यार्थीको प्रश्न, प्लस टु र विश्वविद्यालयको हकमा के हुन्छ ?

    भरत महतारा 
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 5.9K
    SHARES

    माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री ज्यु ,
    कोरोना भाइरस(कोभिड -19)का कारण एसइई दिने विद्यार्थीहरुको हकमा २०७७/०२/२८ का दिन तपाई र तपाईको टिमले लिनु भएको निर्णयको हामी सम्पुर्ण विद्यार्थीहरु कदर र धन्यबाद ब्यक्त गर्दछौ ।

    तर, हामी प्लस टु र विश्वविद्यालयका बिधार्थीका हकमा चै कहिले निर्णय आउँछ मन्त्री ज्यू?



    प्लस टु र विश्वविद्यालयको हकमा के हुन्छ मन्त्री ज्यु? हाम्रो समय पनि एसइईका विद्यार्थीहरुको जत्तिकै महत्वपूर्ण छ।



    जोखिम सबैतिर भएको कारण देशका कर्णधार सम्पुर्ण विद्यार्थीहरुलाई परेको अन्योल र असहजताको शिघ्र अन्त गरियोस् । प्लस टु र विश्वविद्यालयहरुको हकमा पनि निर्णय गरौं परिक्षा तालिका सार्वजनिक भएर परीक्षा संचालन हुने स्थिती निकट भविष्यमा पनि नरहेको हुनाले सम्पुर्ण विद्यार्थीहरु इन्तु न चिन्तु बनेको अवस्था छ। हामी सरकारको प्रस्ट धारणा चाहन्छौ l

    एसइई को लागि निर्णय लिँदा प्लस टु र विश्वविद्यालय को पनि त उही हुनु पर्ने होइन र? सबै आमाबाबुलाई आफ्नो छोराछोरीर प्यारो हुन्छन्।

    सर, हाम्रो पनि परिक्षा नदिदैमा केही फरक पर्दैन जस्तो लाग्छ मलाई र के विद्यार्थीको क्षमता परिकक्षाले प्रष्ट होला र सर? एदी परिक्षा नै लिने भए  कहिले लिने कसरि लिने ,कुन माध्यमबाट लिने हो ?  त्यो प्रस्ट पारिदिए हामी मानसिक रुपले पनि त्यसको तयारी गर्थ्यौं l

    अहिले अन्योलको बिचमा हामी बिधार्थीहरु मानसिक तनाब झेली रहेका छौ हाम्रो पिडा सरकारले बुझ्ने कि नबुझ्ने ?

    त्यसैले माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री ज्युले प्लस टु र विश्वविद्यालयका अन्योलमा र मानसिक तनाबमा रहेका बिधार्थीहरुको हकमा पनि निर्णय लिनु हुन्छ भन्नेमा हामी सम्पूर्ण विद्यार्थीहरु चाहन्छौं र बिस्वस्त पनि छौ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार