Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै कांग्रेसले ज्ञापनपत्र दिने

    कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै कांग्रेसले ज्ञापनपत्र दिने

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 2K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं।  प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउन असार २ गते देशरभरबाटै ज्ञापनपत्र दिने भएको छ ।

    कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको  थियो।



    असार २ गते संघ, प्रदेश, जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका तर्फबाट ज्ञापन बुझाउने कार्यक्रम कांग्रेसले ल्याएको हो ।



    पार्टी केन्द्रीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार संघीय संसद्का तर्फबाट पार्टी संसदीय दलका नेता या प्रमुख सचेतकमार्फत, प्रदेशमा प्रदेश संसदीय दलका नेताले मुख्यमन्त्रीमार्फत, जिल्लामा जिल्ला सभापतिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत र विदेशस्थित जनसम्पर्क समितिका सभापतिहरूले दूतावासमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने भएको छ ।

    कोभिड–१९ संक्रमणको महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन सरकारले तत्काल चाल्नुपर्ने कदमका सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने कांग्रेसले उल्लेख गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार