Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भोलिबाट जोर विजोर, कारमा तीन र मोटरसाइकलमा १ जना मात्र बस्न पाइने

    भोलिबाट जोर विजोर, कारमा तीन र मोटरसाइकलमा १ जना मात्र बस्न पाइने

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 4.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार भोलिदेखि निजी सवारीसाधन चलाउन जोरविजोर प्रणाली लागु हुने भएको छ ।

    बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको भएपनि भोली (शुक्रबार) बाट मात्र उक्त निर्णय लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।



    हिजो नै निर्णय भयो भने आज निस्केका अधिकांश सवारीसाधनहरु लकडाउन उल्लंघन गरेका भन्दै ट्राफिक प्रहरीको कारबाहीमा परेका थिए ।



    महाशाखाका अनुसार काठमाडौँ उपत्यका भित्र र अन्यत्र जिल्ला भित्र मात्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ । तर, एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन ।

    उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालका अनुसार ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जना मात्र र २ पाङ्गे सवारी साधन (मोटरसाईकल र स्कुटर) मा भने १ जना चालकमात्र राखि सञ्चालन गर्न पाईने छ ।

    जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ ।

    अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ः०० बजेदेखि विहान ५ः०० बजेसम्म चलाउन भने रोक लागाईएको छ ।

    तर, कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाईने छैन ।

    यस अघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्न पाउने कुरा महाशाखाले उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार