Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • देशभर सरकारविरुद्ध प्रदर्शन हुन थालेपछि कारवाही गर्ने गृहको चेतावनी

    देशभर सरकारविरुद्ध प्रदर्शन हुन थालेपछि कारवाही गर्ने गृहको चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सरकारविरुद्ध दैनिकजसो प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कडाइ गर्ने भएको छ।

    गृह मन्त्रालयले लकडाउनको समयमा प्रदर्शन गर्नेहरूलाई कारबाही गर्ने जनाएको छ । आज बालुवाटारमा दुई हजारभन्दा बढी मानिस जम्मा भएर प्रदर्शन गरेका थिए ।



    कोरोना महामारीका बीच पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै आज देशका बिभिना ठाउँहरुमा सरकारविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् । सरकारले लकडाउनमा कर बुझाउन भनेको, स्वास्थ्य सामाग्री खरिदमा कोरोना महामारीबीच भ्रष्टाचार तथा कमिशन उठाउन व्यस्त रहेकोलगायत आरोप लगाउँदै सरकाविरुद्ध प्रदर्शन भएका हुन् । राजधानी सहित देशभर  प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कोरोना संक्रमणको सन्त्रास कायम रही रहेको र लकडाउन समेत कायमै रहेका बेला प्रदर्शन गरिए कारवाही गर्ने चेतावनी दिएको हो ।



    गृह मन्त्रालयले  विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट आह्वान गर्ने, जुलस तथा शान्तिपूर्ण धर्नाका नाममा धेरै मानिस सहभागी हुने गरेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ ।

    गृह मन्त्रालयले प्रदर्शन गर्नेहरूलाई १०० देखि ६०० रुपैयाँसम्म र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार