Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पोखरामा प्रधानमन्त्रीविरुद्ध ओर्लिए जनता

    पोखरामा प्रधानमन्त्रीविरुद्ध ओर्लिए जनता

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    पोखरा । सरकारकाे पछिल्लाे कदमलाइ लिएर पाेखरमा विरोध प्रदर्शन भएको छ ।

    कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध सयाैँकाे संख्यामा जुटेर प्रदर्शन भएको गरेका हुन्।



    पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी भएको छ । पोखराको राष्ट्र बैंक चोकमा भेला भएका युवाहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।



    प्रधानमन्त्रीका कारण जनताले दुख पाएको, कोरोना महामारीको समयमा सरकारले काम नगरेको, लकडाउनको मारमा परेका व्यवसायीसँग कर लिन खोजेको भन्दै उनीहरुले विभिन्न नारा लेखेको प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन् ।

    नाराबाजी गर्नेहरुले नेपालको राष्ट्रिय झण्डा पनि बोकेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केही युवालाई पक्राउ गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार