Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सोती घटना प्रकरणमा थप तीन पक्राउ

    सोती घटना प्रकरणमा थप तीन पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडाैं । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार यसअघि पीडितले दिएको उजुरीका आधारमा फरार रहेका दुई र थप खुल्न आएका एक गरी तीन जनालाई पक्राउ गरिएको छ ।



    फरार दुई जनालाई घटना घटेको १८ दिनपछि पक्राउ गरिएसँगै सो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि फरक–फरक समयमा २५ जनालाई पक्राउ गरेको थियो ।



    अब सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या २८ पुगेको छ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार