Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 5.2K
    SHARES

    काठमाडौं । सरकारकाे पछिल्लाे कदमलाइ लिएर बालुवाटारमा विरोध प्रदर्शन भएको छ ।

    कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध सयाैँकाे संख्यामा जुटेर प्रदर्शन भएको गरेका हुन्।



    प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।



    ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार