Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सुडान घोटला प्रकरण : पूर्व आईजिपी चन्द जेलमुक्त

    सुडान घोटला प्रकरण : पूर्व आईजिपी चन्द जेलमुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडाैँ । सुडान घोटला  प्रकरणमा जेल परेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक रमेशचन्द ठकुरी जेलमुक्त भएका छन् । जेल सजाय भुक्तान गरेपछि उनी छुटेको डिल्लीबजार कारागारका निमित्त जेलर सीता अधिकारीले बताए ।

    प्रहरीको सुडानस्थित शान्ति मिसनलाई खरिद गरेको एपिसी लगायत सामान खरिदमा २८ करोड अनियमितता गरेको अभियोगमा उनीसहितका प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर भएको थियो ।



    चन्दलाई सर्वोच्चले १७ वैशाख ०७४ मा एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उनले ११ महिना २८ दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो । यसअघि विशेष अदालतले मागेको धरौटी तिर्ने क्रममा उनी केही दिन थुनामा बसेका थिए ।



    चन्द गत वर्ष १९ असारमा अदालतमा उपस्थित भई आफ्नो मुद्दामा पुनरावेदन माग गरेका थिए । अदालतले पुनरावेदन अस्वीकार गरेको थियो ।

    सोही मुद्दाका कारण उनले प्रहरी महानिरीक्षक पद गुमाएका थिए । मुद्दा चलाउनु केही दिनअघि उनलाई सरकारले महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । सुडान भ्रष्टाचार प्रकरणमा पूर्वआइजिपी ओमविक्रम राणा, हेम गुरुङ, पूर्वएआइजीहरू श्यामसिंह थापा र दीपकसिंह थाङदेन, पूर्वडिआइजी दीपककुमार श्रेष्ठ तथा पूर्वएसएसपी रवि राणा जेल बसेर छुटिसकेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार